आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘आदिपुरुष’का लेखकले मागे माफी

एपी खबर २०८० अषाढ २३, शनिबार (१० महिना अघि) १११ पाठक संख्या

काठमाडौं । हिन्दी कथानक चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । ‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् ।

 

उनले जनताको भावनालाई स्वीकार गर्ने पनि बताएका छन् । सुरुमा भने उनले माफी माग्न अस्वीकार गरेका थिए । उनले आफू घाइते भएको भन्दै भनेका छन्, “सम्पूर्ण दाजुभाइ दिदीबहिनी, आदरणीय सन्त तथा श्रीरामका भक्तजनहरूमा हात जोडेर बिनाशर्त माफी चाहन्छु । भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून् ।”

 

सिनेमाको चौतर्फी आलोचना हुँदा बक्सअफिसमा राम्रो कलेक्सन पनि हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस