आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शाहरुख खानको फिल्म ‘जवान’ ले झण्डै ९०० करोड कमायो

AuthorAP Khabar२०८० आश्विन ४, बिहिबार (७ महिना अघि) १९६ पाठक संख्या

एजेन्सी । शाहरुख खानको फिल्म ‘जवान’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फिल्मले घरेलु बक्स अफिसमा मात्रै नभई विश्वभर धमाका मचाएको छ । फिल्मले हालसम्म विश्वभर ९०० करोडभन्दा बढी कलेक्सन गरिसकेको छ । अब रु ९०० करोड क्लबमा सामेल हुन निकै नजिक छ ।

 

फिल्मले अहिलेसम्म विश्वभर ८८३.६८ करोड कमाइसकेको छ ।शाहरुख खानको फिल्म ‘जवान’ ५ सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले रिलिजको १३ औं दिनमा १४.४ करोड कमाएको थियो भने अब फिल्मको १४ औं दिनको कलेक्सन सार्वजनिक भएको छ । सचनिकको रिपोर्ट अनुसार फिल्मले रिलिजको १४ औं दिनमा १२ करोड कमाएको छ। योसँगै फिल्मको कुल कलेक्सन ५२०.२८ करोड हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस