AP सम्वादाता
इलाम , मंसिर २३ : इलामको सुर्योदय नगरपालिका ७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका ७ को सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज कार्यक्रममा बनभोज खाने क्रममा सर्किएर सोही सहकारीका ४५ वर्षका कर्मचारी उदयमान चौधरी बिरामी भएका थिए ।
खाना सर्किएर घाइते भएका चौधरीलाई तत्काल उपचारको लागि बिर्तामोड स्थित वि.एण्ड.सी. अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस