आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आमालाई सम्बोधन गर्दै सुसाइडनोट ! यस्तो आयो रहस्य

AuthorAP Khabar२०७५ पौष ६, शुक्रबार (५ साल अघि) ४०५ पाठक संख्या

काठमाडौं , पुस ६ : आमाबुवाले दिएको प्रेसर सहन गर्न सकिँन भन्दै एक युवतीले आत्महत्या गरेकी छन् । बिएससी अन्तिम सेमिस्टारमा पढ्ने छात्राले घरको समस्याले आत्महत्या गरेको सुसाइड नोटमा भेटिएको छ । भारतको हरियाणास्थित यमुनानगरमा यो घटना भएको थियो । छात्रा डिएवी गर्ल कलेजमा अध्ययनरत थिईन् । उनी होस्टेलको कोठामा मृत फेला परेकी हुन् ।

उनको नाम छवि त्यागी थियो । छवि केही दिनदेखि तनावमा थिईन् । बिएससीमा कम्युटर साईन्सको परिक्षा दिने दिन नजिकिएको थियो । तर, उनले केही दिन अघि नै आत्महत्या गरेकी छन् । प्रहरीले घटना थाहा पाए लगत्तै पोस्र्टमार्टम गरेर परिवारको जिम्मा लगाएको छ । सुसाईड नोटमा भनिएको छ– म यो बिएससी पास गर्न सक्दैन । म बाट सम्भव छैन । यसको यति ठूलो प्रेसर म झेल्न सक्दैन । मैले धेरै सोचेँ अन्तमा मेरो साथ दिने कुरा सुन्ने कोही भएन आत्महत्या गरे । मलाई हिम्मत भएन ममी हजुरलाई अर्को ठाउँमा भर्ना गरिदिनुस् भन्नलाई । मेरो जीवन बिग्रियो । अब म बाँच्न सक्दैन । सुसाईड नोटमा भनिएको छ ।

घटनाको बारे छबिकी साथीले वार्डेनलाई बताएकी थिईन् । छबिलाई धेरै पटक फोन गर्दा नउठाएको भन्दै उनले होस्टेललाई जानकारी दिईन् । पछि कोठामा गएर हेर्दा छवि झुन्डिएको अवस्थामा फेला परेकी थिईन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस