आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर कारोबार धेरैपछि अर्ब नाघ्यो

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (५ साल अघि) ४५० पाठक संख्या

काठमाडौं  , पुष १२ : शेयर कारोबार रकम धेरैपछि अर्ब नाघेको छ । । बिहिबार १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर एक अर्ब १२ करोड २९ लाख ६९ हजार २ सय ९ रुपैयाँमा किनबेच भएको छ ।

बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर सूचांक भने बिहिबार फेरि घटेको छ । सूचांक एक दशमलव शून्य आठ विन्दुले घटेर एक हजार २१५ दशमलव १६ पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १५ विन्दुले घटेर २५८ दशमलव ६६ मा झरेको छ । सूचांक पनि कारोबारमा भने सुधार आएको छ ।

कारोबार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ छ आठ उपसमूहको शेयर भने घटेको छ । उत्पादन १९ दशमलव १८, अन्य ११ दशमलव ४६ र जीवन बीमा १७० दशमलव ४२ ले बढेको छ ।

यस्तै बेंकिङ ६ दशमलव ६६, व्यापार दुई दशमलव ९६, होटल ६३ दशमलव ६३, विकास बैंक पाँच दशमलव २९, जलविद्युत् चार दशमलव २९, वित्त दुई दशमलव २१, जीवन बीमा ४८ दशमलव ६७ र माइक्रोफाइनान्स दुई दशमलव ६५ ले घटेको छ ।

सिटिजन इन्भेस्टमेन्ट ट्रष्ट, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन डिस्टिलरी लिमिटेड, समता माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल लाइफ इन्सुरेन्स, वरुण हाइड्रोपावर कम्पनीका शेयरधनीले कमाएका छन् ।  सिद्धार्थ इक्विटी ओरेण्टेड स्किम, सनराइज बैंक लिमिटेड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, गरिमा विकास लघुवित्त वित्तीय संस्था सोल्टी होटल लिमिटेडका शेयरधनीले गुमाएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस