आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उत्तर कोरियाको ‘टर्चर’को क्षतिपूर्ति ५६१४ करोड ?

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (५ साल अघि) ३५८ पाठक संख्या

अमेरिका , पुष १२ : उत्तर कोरियामा गएका युवालाई मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै अमेरिकी अदालतले उत्तर कोरियालाई ५ हजार ६ सय १४ करोड ४० लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दिन आदेश दिएको छ । मानसिक तनाव दिएर अमेरिका फर्काइएपछि उनको मृत्यु भएको थियो । यो घटना सन २०१७ को हो ।

समाचार संस्था आइएएनएसका अनुसार, वासिंगटनको एउटा संघीय अदालतका न्यायाधीशले मृतक ओटो फ्रेडरिक वार्मबियरका आमाबुबालाई क्षतिपूर्ति दिन आदेश दिएको हो । भर्जिनिया विश्वविद्यालयका छात्रको मृत्युमा उत्तर कोरिया दोषी ठहर गरिएको हो । अमेरिकाको डिस्ट्रिक कोर्ट फर द डिस्ट्रिक अफ कोलम्बियाका मुख्य न्यायाधीश बेरेल एलन हवेलले उत्तर कोरियालाई यस्तो आदेश दिएका हुन् ।

वार्मबियर पर्यटक समूहममा उत्तर कोरिया घुम्न गएका थिए । उनलाई उत्तर कोरिया सरकारले गिरफ्तार गरी पोष्टर चोरेको आरोपमा १५ वर्ष कठोर सजाय सुनाइएको थियो । अमेरिका फर्किएपछि उनको मृत्यु भएको थियो । वार्मबियरका आमाबुबाले अप्रिलमा उत्तर कोरियाका शासक किम जोंग उनविरुद्ध मुद्दा दायर गर्दै एक अरब डलर क्षतिपूर्ति दाबी गरेका थिए ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस