आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रिय गानका व्याकुल माइलालाई पितृशोक

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ४६१ पाठक संख्या

काठमाडौं , पौष १३ :  राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उहाँकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा राति १ बजे निधन भएको छ ।

उहाँ विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा)र मधुमेह रोगको नियमित उपचारमा हुनुुहुन्थ्यो । केही दिनयतादेखि अलि असहज महसुस गर्दैआउनुभएका राई गए र शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताउनुभयो ।

पिताको निधनको खबर सुनेलगत्तै ललितपुर तिखिदेवलमा बस्दै आउनुभएका व्याकुल माइला र उहाँकी धर्मपत्नी नानुकला राई शुक्रबार बिहानै ओखलढुङ्गातर्फ जानुभएको छ । स्व राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ ।स्व राईका दुई श्रीमती र व्याकुल माइलासहित तीन छोरा हुनुुहुन्छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस