आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरधाममा राजपा अध्यक्ष मण्डलका संयोजक महतोको पुतला दहन

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ४७३ पाठक संख्या

AP संवादाता
जनकपुरधाम, पौष १३  : राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको पुतला उनि निर्वाचित भएको क्षेत्र जनकपुरमा जलाइएको छ । संयोजक महतोले राजपा नेपाल धनुषा अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानुलाई उक्त ठाउँमा मनोनित गरेको विरोधमा शुक्रबार साँझ जनकपुरको जनकचोकमा संयोजक महतोको पुताल जलाइएको हो ।

अध्यक्ष मण्डलको सदस्यबाट हटाइएका देवकृष्ण मण्डलको नेतृत्व र रजपाका प्रदेश सांसद एवं प्रदेश नं. २ का सचेतक प्रमेश्वर साहको विशेष उपस्थितिमा महतोको पुतला दहन गरिएको छ ।

उनीहरुले सदस्य मण्डललाई हटाएको निर्णय अभिलम्ब फिर्ता लिन माग समेत गरेका छन् । संयोजक महतोले पार्टीमा सक्रिय भूमिका निर्वाह गर्ने देवकृष्ण मण्डललाई अध्यक्ष मण्डलका सदस्यबाट हटाएर अर्कालाई मनपरी ढंगले मनोनित गरी पार्टी हित विपरीत काम गरेको उनीहरुको आरोप छ ।

पुतला दहन कार्यक्रममा अध्यक्ष मण्डलका जिल्ला संयोजक सतिशलाल दास, राजपा जिल्ला नेता रामविनोद चौधरी पप्पु, धिरेन्द्र सिंह लगायत दर्जनौको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस