आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बंगलादेशमा आज चुनाव हुँदै

AuthorAP Khabar२०७५ पौष १५, आईतबार (५ साल अघि) ३४३ पाठक संख्या

काठमाडौं , पौष १५ :  बंगलादेशमा आइतबार आम चुनावका लागि मतदान हुँदैछ । यो चुनावमा बंगलादेशका १० करोड मतदाताले भोट हाल्ने अपेक्षा गरिएको छ । चुनावलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
देशभर गरी ६ लाख भन्दा बढी सुरक्षाकर्मी तैनाथ भएका छन् ।

प्रधानमन्त्री शेख हसिना लगातार तेस्रो कार्यकाल सत्तामा रहने लक्ष्यसहित चुनावमा होमिएकी छन् । यो चुनावमा प्रधानमन्त्री हसिनाकै पार्टी विजयी हुने अनुमान छ, किनकी प्रमुख प्रतिद्वन्द्वी अहिले भ्रष्टाचारको आरोपमा जेलमा छन् ।

बंगलादेशको अर्को प्रमुख पार्टी हो बेगम खालिदा जियाको बंगलादेश नेशनल पार्टी हो । उसले सन् २०१४ को चुनाव बहिष्कार गरेको थियो । यो वर्षको सुरुमा जियालाई भ्रष्टाचार आरोपमा जेल सजाय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस