आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘पत्रकारितामा सत्ता पक्ष र प्रतिपक्ष भयो’

AuthorAP Khabar२०७५ पौष १५, आईतबार (५ साल अघि) ४२२ पाठक संख्या

काठमाडौं , पौष १५ :  उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सत्यसँग साइनो नै नभएका समाचार सम्प्रेषण गरेको भन्दै पत्रकारहरूको आलोचना गर्नु भएको छ । उपप्रधानमन्त्री पोखरेलले जनतालाई सही सूचना दिने भन्दा पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर पत्रकारहरूले हुँदै नभएका कुरालाई समाचार बनाउने गरेको उल्लेख गर्दै आपत्ति समेत जनाउनु भयो ।

आइतबार नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सत्तापक्ष र प्रतिपक्ष बन्ने होडमा जनतालाई गलत सन्देश दिने काम पत्रकारहरूले गर्न नमिल्ने पनि स्पष्ट पार्नु भयो ।

आफ्ना कमजोरी भए जस्ताकोतस्तै जनतामा लैदिए आफूले पत्रकारहरूलाई सलाम गर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ । उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरूले विषयमा आधारित भएर ठिकलाई ठिक भन्न सकेमात्रै जनताले सही सूचना पाउने र त्यसले राष्ट्रको पनि हित गर्ने स्मरण गराउनु भयो ।

उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरूले सही सूचना नदिए कतिपय अवस्थामा देशले गम्भीर नोक्सान व्यहोर्नुपर्ने अवस्था आउने तर्क पनि गर्नु भयो । उहाँले पत्रकारहरूले सत्ता पक्ष र प्रतिपक्ष भईरहन जरुरी नभएको पनि बताउनु भयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस