आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘संविधानमा विरोध यथावत्’

AuthorAP Khabar२०७५ पौष १५, आईतबार (५ साल अघि) ३६१ पाठक संख्या

वीरगञ्ज  , पौष १५ :  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधानका केही प्रावधानमा आफ्नो असन्तुष्टि र विरोध यथावत् रहेको बताउनुभएको छ ।

शनिबार वीरगञ्जमा श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा उदघाटन गर्दै मन्त्री यादवले असन्तुष्टिका कुरा संशोधनबाटै समाधान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान फेरिनुभन्दा यसका राम्रा कुरालाई अनुसरण गर्दै चाहिने कुरालाई थपेर समस्या समाधान हुन्छ ।’

मधेशी, आदिवासी, जनजाति, अल्पसंख्यक तथा अन्य समुदायको अपनत्व संविधानमा चाँडै स्थापित गराउने उहाँले बताउनुभयो । आफुहरु सरकारमा गएको चार महिना मात्र भएकोले यो अवधिमा केही आवश्यक कानुन निर्माण भएको र शुक्रबारदेखि चालु भएको संसदको सत्रमा अब संविधान संशोधनका कुरालाई अगाडि बढाउने यादवले दाबी गर्नुभयो ।

पञ्चायतदेखि नैं सक्रिय रहेका दलहरुले निरन्तर गरेको ५ दशकको शासनकालमा मुलुकको विकासको अवस्था दयनीय रहेको बताउँदै यादवले अब विकासले गति लिने बताउनुभयो । उहाँले स्वास्थ्यको अवस्था झन् दयनीय रहेकोले यसलाई विशेष सुधारका लागि नीतिगत योजना बनिसकेको र सोही योजनाअनुसार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको अवस्था पनि सुधार गरिने बताउनुभयो ।

नगर सभागृहमा सम्पन्न संस्थाको साधारण सभामा ३४ करोडको आयव्यय प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, महिला नेतृ मिनी सिंह, रेखा यादवसहित विभिन्न सहकारी संस्थाका प्रमुख, समाजसेवी, उद्योगपतिलगायतको सहभागिता रहेको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस