आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शेयर दोहोरो अङ्कले घट्यो

AuthorAP Khabar२०७५ पौष १५, आईतबार (५ साल अघि) ५३१ पाठक संख्या

काठमाडौं  , पौष १५ : धितोपत्र बजारमा आइतबार शेयरको मूल्य घटेको छ । अघिल्लो साता वृद्धि भएको बजार यो साता कारोबारको पहिलो दिनमै दोहोरो अङ्कले घटेको हो ।

नेप्से परिसूचक १० दशमलव ६२ बिन्दुले घटेर एक हजार २०४ दशमलव ५४ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ बिन्दुले घटेर २५६ बिन्दुमा झरेको छ ।

कूल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर र ४५ करोड ४२ लाख ८४ हजार ३ सय ९३ रुपैयाँमा किनबेच भएको छ ।
११ उपसमूहमध्ये तीन उपसमूहको शेयर कारोबार वृद्धि भएको छ । ८ उपसमूहको शेयर घटेको छ । होटल २० दशमलव ७९, निर्जीवन बीमा २९ दशमलव ८१ र उत्पादन २ दशमलव ३२ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ६ दशमलव ४८, व्यापार २ दशमलव ९६, विकास बैंक ६ दशमलव शून्य दुई, जलविद्युत् ३ दशमलव ३६, वित्त २ दशमलव १५, अन्य ३३ दशमलव ४४, लघुवित्त ४ दशमलव ६२ र जीवन बीमा ५२ दशमलव ३३ बिन्दुले घटेका छन् ।

घटेको बजारमा मल्टिपर्पोज फाइनान्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष, खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् । यस्तै कावेली विकास बैंक, नेपाल दूरसञ्चार कम्पनी, रैराङ हाइड्रो पािवर कम्पनी, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल बङ्गलादेश बैंकका शेयरधनीले गुमाएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस