आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चढ्न लागेकै बाेलेरोले च्यापिएर मृत्यु

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ३७७ पाठक संख्या

इलाम  , पौष १६ : फाकफोकथुम गाउँपालिकाका ७२ वर्षीय सोमप्रसाद दुलाल सोमबार बिहान आमचोकमा गाडी कुरिरहेका थिए, तर गाडी कुराई नै दुखद् बन्न पुग्याे । चढ्नको लागि उनले जुन गाडी पर्खेका थिए, त्यसैमा च्यापिएर  मृत्यु भएको छ ।

आमचोकबाट इलाम आउदै गरेको मे १ ज १६८६ नम्बरको बाेलेरो ब्रेक फेल भइ पल्टिएर उनलाई च्यापेको हो ।  गाडीमा सवार ८ भने सकुशल रहेको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस