आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘मुलुक समृद्धिबाटै समाजवादमा पुग्छ’

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ३६९ पाठक संख्या

काठमाडौं  , पौष १६ : नेपाल कम्युनिष्ट पार्टी नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताउनुभएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई खुमलटारस्थित निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको बताउनुभयो ।

‘हामी नयाँ बाटोमा भए पनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन, उद्देश्यप्रा प्तिका निम्ति हामीले कहिले उकालो चढ्नपर्छ र कहिले ओरालो पनि झर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘शिखरमा त्यसरी मात्रै पुगिन्छ । राजनीति र समाज पनि शिखर चढे जस्तै हो ।’
अध्यक्ष दाहालले विद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर तथा क्रान्तिकारी पार्टी र संसद्वादी पार्टीबीच समझदारी गराएर गणतन्त्र र समावेशी राज्य सम्भव भएको बताउनुभयो ।

‘समाजवादको यात्रा गम्भीर र लामो यात्रा हो’ उहाँले भन्नुभयो, ‘त्यसका लागि व्यापक एकताको खाँचो पर्छ, । हिजो जुन सपना देखेर हामी हिँडेका थियौं । ती सबै एकपल्ट एकजुट हुन जरुरी छ ।’

कार्यक्रममा चन्द नेतृत्वको विद्यार्थी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ नेता तथा कार्यकर्तालाई उहाँले अबिर र खादा लगाई पार्टीमा प्रवेश गराउनुभयो । नेकपा प्रवेश गर्दै सचिवालय सदस्य राईले अध्यक्ष नेकपाको नेतृत्वमा नै समाजवादी क्रान्ति सम्पन्न हुने विश्वाससहित पार्टीमा प्रवेश गरेको बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस