आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘अधिनायकवादको छनक कर्मचारीबाटै देखियो’

AuthorAP Khabar२०७५ पौष १६, सोमबार (५ साल अघि) ३९० पाठक संख्या

काठमाडौं  , पौष १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाउनुभएको छ ।

४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारले हरेक निकायमा हस्तक्षेप गर्न खोजेको दोष लगाउनुभयो । ‘कर्मचारी समायोजनमा अध्यादेशमार्फत हस्तक्षेप भइरहेको छ’ उहाँले भन्नुभयो, ‘ हस्तक्षेपकै कारण कर्मचारी समायोजनविरुद्ध आन्दोलन गर्न बाध्य छन् ।’

सरकार राज्यका सबै निकायलाई पार्टीको नियन्त्रणमा ल्याउने र स्वेच्छाचारी रुपमा अघि बढ्ने योजनामा रहेको उहाँको भनाई छ ।सभापति देउवाले सरकारअधिनायकवादतर्फ लम्किएको उल्लेख गर्नुभयो ।  ‘कर्मचारीमाथिको हस्तक्षेप नै अधिनायकवादको शुरुआत हो’ उहाँले भन्नुभयो, ‘कर्मचारीपछि क्रमशः प्रहरी, सेनालगायत राज्यका निकायमा पनि हस्तक्षेप हुनेछ । हस्तक्षेप बढ्दै गए जनता आन्दोलन गर्न बाध्य हुनेछन् ।’

सभापति देउवाले कांग्रेस स्वतन्त्र न्यायापालिका, निष्पक्ष कर्मचारीतन्त्र, प्रहरी, सेनाको पक्षमा रहेको उल्लेख गर्नुभयो । ‘तर हामी प्रतिपक्षीका नाममा अनावश्यक मुठभेड गर्ने पक्षमा छैनौ ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस