आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्रीलाई अभिनन्दन गरिने

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) ३६० पाठक संख्या

इलाम  पौष १८ : पुष २० गते इलाममा आयोजना हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी ओलीलाई अभिनन्दन गरिने भएको छ । राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिकाले अभिनन्दन गर्ने भएको हो। इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरुप अभिनन्दन गरिने नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, इलामबाट प्रतिनिधित्व गरेका सांसद तथा उद्योगीकोसमेत उपस्थिति रहने जनाइएको छ ।

लगानी सम्मेलन हुँदै
बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सो नगरपालिकाले सम्मेलन गर्ने भएको छ । जिल्लामा लगानीका सम्भावना भए पनि परिचालन नहुँदा लगानीयोग्य क्षेत्र खेर गइरहेको भन्दै नगरले पाँच वटा शीर्षकमा लगानी गर्न आह्वान गर्दै लगानी सम्मेलन गर्ने भएको हो । सम्मेलनमा कृषि, दूध, जडीबुटी, पर्यटन र चिया क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरिने नगर प्रमुख महेश बस्नेतले जानकारी दिनुभयो । सम्मेलनमा देशका १०० भन्दाबढी लगानीकर्ता भित्र्याइने लक्ष्य रहेको छ ।

डा. केसी अनसन बस्न इलाममा
डा. गोविन्द केसी १६औंं अनशन बस्ने तयारी गर्दै इलाम आउनुभएको छ । तर, उहाँ कहाँ अनशन बस्ने भन्ने अझै टुङ्गो लागेको छैन । सरकारसँग भएको सहमति यही पुस १७ (मङ्गलवार) सम्ममा पूरा गर्ने अल्टिमेटम थियो । गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो ।

उक्त विधेयक लामो समयसम्म पूरा नभएपछि १६औं अनशनको चेतावनी दिनुभएका डा.केसीलाई संसदीय समितिले केही दिन पर्खन भनेपछि उहाँले यही पुस १७ को अल्टिमेटम दिनुभएको थियो । मङ्गलवार रातिसम्म पनि माग पूरा नभए उहाँ इलाममै अनशन बस्ने तयारीमा रहेको डा.केसीनिकट स्रोतले बताएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस