आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री अभिनन्दनमा कांग्रेसकाे विरोध

AuthorAP Khabar२०७५ पौष १८, बुधबार (५ साल अघि) ४३४ पाठक संख्या

इलाम पौष १८ : पुस २० गते इलाममा आयोजना हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी ओलीलाई गर्न लागेको अभिनन्दनको नेपाली कांग्रेसले विरोध गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न बहानामा जनताले तिरेको करबाट आफ्नो कार्यकर्ताको थैली भर्ने परिपाटी गलत भएको उल्लेख गरेको छ ।

मुलुकको खस्कँदो शान्ति सुरक्षा, हत्या, बलात्कार, तस्करी र संस्थागत भ्रष्टाचार वृद्धि भएको अवस्था, फितलो कूटनीति, अमर्यादित र असन्तुलित परराष्ट्र नीति, धर्मप्रचार संस्थासँगको अप्राकृतिक साँठगाँठका कारण असफलतातर्फ लम्किएका र आफ्नै पार्टीभित्र चरम विरोध र विवादमा मुछिएका सरकारका प्रमुखलाई नगरवासीका नाममा नाटकीय ढंगले गर्न लागिएको सम्मानले व्यक्तिगत स्वार्थ पूरा हुने भएपनि इलामवासीको मर्यादा र चेतनालाई आघात पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खलङ्गा स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा कार्यपालिकाबाट १० लाख विनियोजन गरिएको भएपनि अनावश्यक औचित्यहीन खरिदका बिल फर्छ्याैटलाई एकलौटी ढङ्गले अनुमोदन गराई ७०/८० लाख खर्च गर्दै नितान्त व्यक्तिगत कार्यकर्ता पोस्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

लगानी आर्जित गर्न छलफल र गृहकार्य नै नगरी लगानी सम्मेलनलाई वर्षगाँठमा जोडेर गर्न खोज्दा यसको औचित्य र सफलतामा प्रश्न चिन्ह खडा भएको कांग्रेसको आरोप छ ।लगानीको पर्याप्त सम्भावना र लगानीकर्ताको आकर्षण भएपनि हचुवाको निर्णयले यसलाई ओझेलमा पार्ने कार्य नगर्न चेतावनी दिइएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस