आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षकको कुटाईबाट विद्यार्थी घाइते

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ४०५ पाठक संख्या

सल्यान  , पौष १९ : बागचौर नगरपालिकामा शिक्षकको कुटाईबाट एक विद्यार्थी घाइते भएका छन् । जनकल्याण नमूना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विशाल बस्नेत शिक्षकको कुटाईबाट घाइते भएका हुन् ।

विद्यालयको प्राङ्गनमा बुधबार विशाल र अर्का विद्यार्थीबीच सामान्य झगडा हुँदा उनलाई शिक्षकले कुटेका हुन् । आफूलाई सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र शिक्षक यामबहादुर घर्तीले कुटपिट गरेको विशालको भनाई छ ।

शिक्षकको कुटाईबाट विशालको पेट, टाउको र छातीमा चोट लागेको बुबा तेजबहादुरले बनाउनुभयो । विशालको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले अहिले भने उनको अवस्था सामान्य रहेको जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस