आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई वर्षभित्र बाह्र सय स्वास्थ्य संस्था निर्माण गरिँदै

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ४३० पाठक संख्या

काठमाडौ , पौष २० : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको दुई वर्षभित्र १ हजार २ सय स्वास्थ्य संस्थाको निर्माण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरुको डिजाइन सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा गर्ने तयारी गरेको छ ।  मन्त्रालयले १ हजार २ सय स्वास्थ्य संस्था निमार्णका लागि रु ४ अर्ब रकम विनियोजन समेत गरेको छ ।

मुलुक संघीय संरचनामा गएसँगै ‘एक वडा, एक स्वास्थ्य संस्था’भन्ने अवधारणाअनुसार २ बर्षसम्ममा १ हजार २ सय स्वास्थ्य संस्था निर्माण गर्ने लक्ष्य लिईएको हो  । गत वर्षको चैत्र २४ गते यता कुनै पनि स्वास्थ्य संस्था पुनर्निर्माण भएका छैनन् ।

मुलुकभर स्वास्थ्य संस्था नभएका २ हजार ५ सय वडा रहेका छन् । जसमा दुई चरणमा भवन निर्माण हुने छ । पहिलो चरणमा जनसंख्या, भुगोल, जग्गाको उपलब्धता र मानव विकास सुचकांकलाई आधार बनाएर १ हजार २ सय स्वास्थ्य संस्था निर्माण गर्न लागिएको मन्त्रालयको निति योजना महाशाखाले जनाएको छ ।

हाल निर्माणको लागि स्थानीय तहसँग समन्वय भईरहेको मन्त्रालयका नीति योजना महाशाखा प्रमुख विकास देवकोटाले बताए । आधारभूत स्वास्थ्यसेवालाई स्थानीय तहसम्म पु¥याउन स्वास्थ्य संस्था भएमा सबैले सजिलै सेवा पाउने अपेक्षा गरिएको छ । त्यस्तै ती स्वास्थ्यकेन्द्र निर्माण गर्न यसवर्ष ४ अर्ब बजेट विनियोजन गरिएको छ ।”उनले भने, “स्वास्थ्यमन्त्रीबाट नीतिगत निर्णय भइसक्यो । अब अर्थ मन्त्रालय र संघीय मन्त्रालयको सहमति लिई प्रदेश सरकारलाई पत्राचार गर्ने अन्तिम तयारी भइरहेको छ ।”

नीतिगत निर्णयसँगै निर्धारित बजेट पठाएर प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर निर्माणको काम यसै वर्षको अन्तिमबाट सुरु हुने नीति योजना महाशाखाका प्रमुख देवकोटा बताउँछन् ।

सरकारले नीति तथा कार्यक्रममै स्थानीय तहबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन २ वर्षभित्र सबै वडामा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गर्ने घोषणा गरेको थियो । सोहीअनुरुप नै पहिलो चरणमा१ हजार २ सय वडामा यस्ता संस्था निर्माण गर्न लागिएको मन्त्रालयका उपसचिव भक्तराज जोशी बताउँछन् । उनले भने “पहिलो चरणमा १ हजार २ सय स्वास्थ्य संस्था बनेपछि दोस्रो चरणमा १हजार ३ सय स्वास्थ्य संस्थाहरु बन्नेछन् ।”

– (१२खरी)

प्रतिक्रिया दिनुहोस