आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उत्तर कोरियाली राजदूत इटालीबाट बेपत्ता !

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ३२२ पाठक संख्या

रोम , पौष २० :  इटालीमा रेहका उत्तर कोरियाका राजदूत जो सोंग गिल बेपत्ता भएका छन् । दक्षिण कोरियाको खुफिया एजेन्सीले यो सम्बन्धी जानकारी दिएको बताइएको छ । उनलाई कुनै पश्चिमा मुलुकले शरण दिएको हुन सक्ने जनाइएको  छ । ती उत्तर कोरियाली राजदूत आफ्नो देशका कुनै उच्च अधिकारीका छोरा र अर्का त्यस्तै उच्च अधिकारीका ज्वाईँ पनि हुन् । यसअघि लण्डनमा रहेका उत्तर कोरियाका उपराजदूतपनि त्यसैगरी भागेका थिए ।  उनले सन् २०१६मा आफ्नो पदबाट राजीनामा दिएका थिए ।

उनी आफ्नी पत्नी र बच्चा लिएर त्यतिबेला दक्षिण कोरिया गएका थिए । दक्षिण कोरियाका सांसद किम मिन कीका अनुसार उत्तर कोरियाका अहिले हराएका राजदूत रोमबाट करिब १ महिना अघि नै भागेको जानकारी प्राप्त भएको जनाएका छन् । उनको कसैसँग कुनै सम्पर्क नरहेको जनाइएको छ ।

इटालीको विदेश मन्त्रालयले उत्तर कोरियाका राजदूतले कुनै देशमा शरण मागे नमागेको  जानकारी नभएको जनाएको छ । इटाली सरकारलाई उत्तर कोरियाले अर्को राजदूत नियुक्तिको प्रक्रिया शुरु गरेपछि मात्रै पहिलाको राजदूत नभएको पत्ता लागेको बताइएको छ ।

अहिले हराएका भनिएका उत्तर कोरियाली राजदूतसँग आफ्नो देशको परमाणु कार्यक्रमको पनि जानकारी रहेको बताइएको छ । ४८ वर्षीय ती राजदूतले सन् २०१७को अक्टोबरमा रोममा कार्यभार सम्हालेका हुन् ।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस