आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चीन र अमेरिकाबीच वार्ता हुँदै

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ३१६ पाठक संख्या

वासिङ्टन डीसी ,पौष २१ :  अमेरिकी प्रतिनिधिमण्डल व्यापार विवादबारे छलफलका लागि आगामी हप्ता चीन आउने भएका छन् ।

व्यापार विवादले विश्वको ध्यान चीन र अमेरिकातर्फ खिचिरहेका समय चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी सम्मेलनका शिलशिलामा अर्जेन्टिनामा भएको भेटलाई निरन्तरता दिँदै यही जनवरी ७ र ८ मा व्यापारविवाद लगायतका बिषयमा छलफल गर्न अमेरिकी टोली चीन आउने कार्यक्रम तय भएको रूसी समाचार संस्था स्पुतनिकले चीनको बाणिज्य मन्त्रालयलाई उद्धृत गरी जनाएको छ ।

विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका नेताबीच यस पहिले जी–ट्वान्टी सम्मेलनका शिलशिलामा अर्जेन्टिनामा भएको भेटवार्तापछि उनीहरूले व्यापार विवादलाई अस्थायी रूपमा नै भएपनि ९० दिनका लागि रोक्न सहमति जनाएका थिए ।

“शुक्रबार विहानै चीन र अमेरिकी नेतृत्वबीच टेलिफोन वार्ता भएको छ । उक्त उप–मन्त्रीस्तरीय टेलिफोन कुराकानीबाट व्यापार विवादबारे वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल चीन आउनेछ,” चिनियाँ बाणिज्य मन्त्रालयले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस