आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मेलम्चीलाई समयमै सक्न १८ घण्टा काम गर्न कर्मचारी तयार

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ३६१ पाठक संख्या

काठमाडौँ ,पौष २१ :  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनालाई समयमै स्म्पन्न गराउन आफूहरु जस्तोसुकै योगदान गर्न पनि तयार रहेको बताएका छन् ।

उनीहरुले सो आयोजनाको पानी काठमाडौँ उपत्यकामा ल्याउन आफूहरु सक्षम र तयार रहेकोसमेत बताएका छन् । केयुकेएलअन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र स्वतन्त्र कर्मचारी सङ्गठनको आज भएको एकता भेलामा कर्मचारीले १८ घण्टासम्म खटेर भए पनि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन र सहज ढङ्गले वितरण गर्न सक्षम रहेको बताएका हुन् ।

कर्मचारी युनियन एकीकरण कार्यदलका संयोजक सुरेश कर्माचार्यले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउने वातावरण तयार गर्न र वितरण गर्न आफूहरु दिनरात नभनी खट्ने प्रतिबद्धता बताए ।

– लोकान्तरबाट

प्रतिक्रिया दिनुहोस