आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फाप्लु-विराटनगर उडान रद्द

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) २९१ पाठक संख्या

सोलुखुम्बु  पौष २१ :  नेपाल वायुसेवा निगमले फाप्लु-विराटनगर उडान रद्द गरेको छ ।

फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको निगमले जनाएको छ । गत कात्तिक ९ गतेदेखि प्रत्येक हप्ताको शुक्रबारका लागि उडान तालिका राखिएको थियो तर विमानले उडान भर्न तयार भए पनि यात्रु नपाएको भन्दै तालिका रद्द गरेको निगमको फाप्लुका इन्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार वायुसेवा निगमले यही पुस २४ गते ८ तारिखदेखि लागू हुने गरी उडान तालिका रद्द गरेको हो । अब यात्रु भए पनि उडान नहुने इन्चार्ज श्रेष्ठले बताउनुभयो । सोलुखुम्बुका नागरिक भने सल्लेरी विराटनगर सिधा सडक सञ्जाल जोडिएकाले सडकमार्ग हुँदै जाने गरेका छन् ।

समाचार

प्रतिक्रिया दिनुहोस