आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘पदीय मर्यादामा रहेर काम गर्नुहोस्’

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ४३४ पाठक संख्या

काठमाडौं ,पौष २१ :  नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदीय मार्यादामा रहेर काम गर्न प्रहरी संगठनका अधिकारीलाई सचेत गराउनुभएको छ ।

पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको छैटौं बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दे प्रहरी प्रमुख खनालले पदिय मर्यादामा रहन सबैलाई सचेत गराउनुभएको हो । २४ सै घण्टा काममा परिचालित हुँदा पनि प्रहरी संगठन सधै आलोचनाको केन्द्रमा रहने गरेको भन्दै उहाँले पदिय दायित्व र मर्यादालाई केन्द्रविन्दुमा राखेर काम गर्न आग्रह गर्नुभयो । कानुनमा भएका छिद्र मार्फत पदिय दुरुपयोग गराउन खोज्ने प्रति सधै सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रहरी संगठन बलियो भएमा पुर्व प्रहरीहरु प्रतिको आस्था र सम्मान पनि बढ्ने भन्दै उहाँले प्रहरी संगठनलाई बलियो बनाउन आवश्यक सहयोग गर्न पूर्व प्रहरी कर्मचारी परिषद् नेपाललाई आग्रह गर्नुभयो । उहाँले प्रहरी संगठनले सधै साधन स्रोतको अभाव खेपिरहनुपरेको तितो यथार्थका बीच सुरक्षालाई पनि विकासको अवाधारण संगै अघि बढाउनुपर्ने मान्यता स्थापित गराउन आफु प्रयत्नशिल रहेको बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस