आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निःशुल्क आँखा परिक्षण शिविरमा ३७८ जनाद्धारा आँखा परिक्षण

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ३२९ पाठक संख्या

AP संवादाता
मनहर्वा, पौष २१ : जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले आफ्ने १६ औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परिक्षण शिविर गरेको छ ।

शनिबार संस्थाले तिलगंगा आँखा केन्द्रको शाखाको रुपमा रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा शिविर संचालन गरेको हो । साना किसान सहकारी संस्था लिमिटेड मनहर्वा स्थानिय आयोजक रहेको शिविरमा ३७८ जनाले आफ्नो आँखा परिक्षण गराएका छन् ।

परिक्षण गराउनेहरु मध्ये ६१ जनाको आँखामा मोतीयाबिन्दु देखिएपछी उनीहरुको निःशुल्क शल्यक्रियाका लागि सोमबार र मंगलबार हेटौंडा अस्पताल लैजाने ब्यवस्था मिलाईएको साना किसान सहकारी संस्थाकी उपाध्यक्ष फूलकुमारी बस्नेतले जानकारी दिईन् ।

हेटौंडा सामुदायिक आँखा अस्पतालकी नेत्र चिकित्सक पूर्णीमा गुरुङ्गको नेत्रृत्वमा रहेका चिकित्सकहरुको टोलिले शिविरमा आएकाहरुको आँखा परिक्षण गरेका थिए । टोलीमा नेत्र सहायक हेमा चौधरी, अचला शर्मा, ईन्द्रीका चौधरी र श्रीना प्रजापती रहेका थिए ।

प्रतिक्रिया दिनुहोस