आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बजेट पारित नै नगरी खर्च गर्दै स्थानीय तह

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ३३३ पाठक संख्या

काठमाडौँ , पौष २३ : प्रदेश २ का ४५ वटा स्थानीय तहले नीति, कार्यक्रम र बजेट आआफ्नो सभाबाट पारित नै नगरी बजेट खर्च गर्दै आएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले अघिल्लो वर्षको जेठ १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । गाउँ र नगरसभाबाट बजेट पारित नगरी स्थानीय तहले बजेट खर्च गर्न पाउँदैनन् तर प्रदेश २ का ४५ वटा स्थानीय तहले नयाँ आर्थिक वर्ष शुरू भएको छ महिना बित्न लाग्दासमेत गाउँ र नगरसभाबाट पारित नै नगरी बजेट खर्च गर्दै आएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा ७७ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह रहेका छन् । जसमा ४५ वटा स्थानीय तहले आआफ्नो सभाबाट बजेट पारित नै नगरी खर्च गर्दै आएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस