आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिष्णुलाई प्रशासनमा उभ्याएका सुन्दरमणिको रहस्यमय जवाफ !

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ४३७ पाठक संख्या

काठमाडौं , पौष २३ : लोक संगित क्षेत्रकी चर्चित गायिका बिष्णु माझी गुमनाम अवस्थामा थिइन् । धेरैको दबाबका कारण आइतबार मात्रै उनी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा झुल्किइन् । धेरैसँग कुरा गर्ने रहर थियो या बोल्नै चाहेकी थिइनन् धेरैले मेसो पाउन सकेनन् । नेपालीमा खुलेर बोल्न गाह्रो भयो उनलाई ।

अचम्म मानेर हेरिरहे उनका दर्शक, श्रोता । भारतका चर्चित बलिउड अभिनेता रणवीर कपुरको उदाहरण पस्किन मन लाग्यो उनी डिग्री होल्डर होईनन्, मात्रै १० पढेका छन् । तर उनको चर्चा बलिउडमा सुपरस्टारको रुपमा छ । हुन् पनि सुपरस्टार ।

प्रसंग जोड्न खोजिएको बिष्णुलाई आफ्नै राष्ट्रिय भाषा बोल्न नआउनु अपत्यारिलो त छदैँछ, उनलाई परिवारले दिएको माया, स्नेह कति छ ? यो बिषय गम्भीर हो । बिष्णु माझीको पारिवारिक जीवन राम्रै चलोस्, चलेको पनि होला यसमा आपत्ती कसैको छैन । परिवर्तित आधुनिक युगमा आएका हामीहरु सामाजिक सञ्जालमा अछुतो छैनौ । उनको यो विधाले झनै सामाजिक सञ्जाललाई भरपुर उपयोग गर्न सक्छ । तर, बिष्णुलाई उनका श्रोता, दर्शकले कहिल्यै सञ्जालमा भेटाएनन् ।

उनी बोल्न जान्दिदन्, रुचाउँदिनन् या कुनै कारणले बाध्य बनेकी हुनसक्छन् । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारीले किन यति धेरै दुब्लाउनु भएको भन्ने प्रश्नमा उनको सहज उत्तर थियो ‘म अझै दुब्लाउन चाहान्छु ।’ जे सोध्यो राईट एन्सर मात्रै गरेका त छैनन् सुन्दरमणि अधिकारीले ?

स्याङ्जाका प्रजिअ कोषहरी निरौला सामु नपढेलेखेको भएर बाहिर आउन गाह्रो मान्छिन् बिष्णु भन्ने सुन्दरमणिको जवाफ कत्तिको सान्दर्भिक छ, भन्ने बिषय प्रमुख हो । अन्तरजातीय विवाह गरेका धेरै कलाकार खुलेर आएका छन् समाजका सामु । यो बिष्णु र सुन्दरमणिको जीवनमा मात्रै लागू हुन्छ भन्ने छैन । साँच्चै बिष्णुलाई न्याय भएको महसुस त्यतिबेला हुन्छ जतिबेला उनी आम दर्शकका सामु खुलेर आउनेछिन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस