आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आँखा नदेख्ने नयाँ जीवलाई दिइयो राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) २७६ पाठक संख्या

पौष २३ : पनामामा एक नयाँ आँखा नदेख्ने उभयचर जीवको पत्ता लागेको छ । जसको नाम अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो राखिएको छ ।

वास्तवमा ट्रम्पले जलवायु परिवर्तनबारे गरेको टिप्पणीको प्रतिक्रियामा यस्तो तय गरिएको बताइएको छ। गड्यौँला जस्तै देखिने माटोमा शिर लुकाउने आँखा नदेख्ने जीव प्राणीको नाम ‘डर्मोफिस डोनाल्डट्रम्पी’ राखिएको छ ।

ब्रिटेनको एक भवन निर्माण गर्ने कम्पनी इन्भारो विल्डले गएको मंगलबार यस जीवको नामाकरण गरेको हो । इन्भारो विल्डका प्रमुख एडन बेलका अनुसार यो जीवको नाम राख्ने अधिकार हासिल गर्नका लागि २५ हजार अमेरिकी डलर खर्च भएको छ ।

सानो, आँखा नदेख्ने र विशेष गरेर जमिनमुनि बस्छ । जलवायु परिवर्तनबारे ट्रम्पले दिँदै आएकाे प्रतिक्रियालाई स्मरण गर्दै बेलले भनेका छन् यो जीव र डोनाल्ड ट्रम्पको व्यवहार मिल्दोजुल्दो छ ।

-उज्यालोबाट

प्रतिक्रिया दिनुहोस