आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश सांसदलाई डेरा पु¥याउन प्रदेश सभाद्धारा गाडी खरिद गर्ने तैयारी

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ३७२ पाठक संख्या

AP संवातादा
जनकपुरधाम, पौष २३ : प्रदेश नम्बर २ का प्रदेशसभा सांसदहरूलाई घर र डेराबाट प्रदेशसभा भवन ल्याउन र लैजानका लागि प्रदेशसभा सचिवालयले गाडी किन्न लागेको हो । प्रदेश सभा सचिवालयका उपसचिव रञ्जित यादवले कतिपय सांसदहरूलाई प्रदेशसभा भवन आउनजानका लागि निजी सबारी साधन नभएको हुनाले उनीहरूलाई प्रदेश सभामा ल्याउन र घरसम्म पु¥याउनका लागि दुईवटा हाईस गाडी खरिद गर्न लागिएको बताउनुभएको छ ।

केही महिना अघि प्रदेशसभा अन्तर्गत रहेको संसदीय समितिलाई बाँकी ६ वटै प्रदेशको अवस्था अध्ययन गराउनका लागि सचिबालयले योजना बनाएको थियो । त्यसको लागि प्रदेश सभासँग आफ्नो सवारी साधन पनि थिएन । त्यसैले निजी सवारी साधन नै १० दिनको लागि भाडामा लिएर जाने सोच बनेको थियो । तर भाडा नै ५ लाख रुपियाँ भनेपछि प्रदेशसभाले आफैले गाडी किन्नु राम्रो हुने निर्क्यौल गरिएको उपसचिव यादवले बताउनुभयो ।

प्रदेश सचिवालयको आफ्नै सावरी भएपछि पछि सांसदहरुलाई घरदेखि प्रदेश सभा र प्रदेश सभादेखि घरसम्म ल्याउने र्पुयाउने कार्य गरिनेछ । दलका नेतादेखि पदाधिकारी सम्मलाई सवारी सुबिधा प्रदान गरिएको भएपनि सांसदहरूसंग सबारी साधन नभएका बेला उक्त गाडीलाई प्रयोगमा ल्याउने प्रदेशसभाले तयारी गरेको हो ।

त्यसैगरी अर्को दुईवटा एसयुभी गाडी पनि प्रदेशसभाले किन्दैछ । त्यस मध्येको एउटा गाडी उपसभामुख उपमा देवले चढ्नेछन् भने अर्को गाडी सचिबालयले प्रयोग गर्नेछन् । चारटै गाडी खरिदका लागि प्रदेशसभा सचिवालयले टेन्डर समेत आह्वान गरिसकेको छ । त्यस्तै प्रदेशसभा सचिवालयले प्रदेशका १ सय ७ जना सांसदहरूलाई ल्यापटप दिने प्रक्रिया पनि अगाडि बढाएको छ ।

कुल १ सय १८ वटा ल्यापटप किन्नका लागि टेन्डर आह्वान गरिएको हो । प्रदेश सभालाई पेपरलेस बनाउने उद्देश्यले सबै सांसदलाई ल्यापटप दिन लागिएको उपसचिव यादवले बताउनुभयो । ल्यापटप चलाउन नजान्ने सांसदलाई सचिवालयको आईटी कक्षमा प्रशिक्षण दिइने र चलाउन नजानेको खण्डमा उनका अधिकृत स्तरका स्वकीय सचिवले ल्यापटप चलाउने उपसचिव यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस