आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मेगी चाउचाउमा हानिकारक सीसा, बच्चा र गर्भवतीलाई बढी असर

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ३९५ पाठक संख्या

पौष २३ : हामीकहाँ खाजा भनेकै चाउचाउ भन्ने चलन छ । अहिलेका फास्टफुड पुस्ताका लागि झटपट तयार हुने चाउचाउ छरितो र सजिलो विकल्प पनि हो । जहाँ पनि, जहिले पनि भनेजस्तै हरवखत हामी खाजाको रुपमा चाउचाउ खोज्छौं । जबकी चाउचाउ जस्तो तयारी खानेकुरा स्वास्थ्यका लागि लाभदायक छैन भनेर पोषणविदहरुले पटक-पटक भनिरहेका छैन ।

चाउचाउ आफैमा तयारी खानेकुरा हो, जो प्लाष्टिकको प्याकेटमा बन्द भएर आउँछ । यो मैदाजन्य खानेकुरालाई स्वादिलो बनाउन अनेकथरी पदार्थ मिश्रण गरिएको हुन्छ । यसको सेवन कति हानिकारक छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि हामी चाउचाउ खान्छौं । चाउचाउमा हामी कति लिप्त हुँदैछौं भने, देशी-विदेशी चाउचाउले हाम्रो भान्सा भरिभराउ हुनेगर्छ ।

यसै सन्दर्भमा भारतिय उत्पादन म्यागीको गुणस्तरमाथि गंभिर प्रश्न उठेको छ । पछिल्लो एक रिपोर्टले म्यागी स्वास्थ्यका लागि कति हानिकारक छ भन्ने तथ्य उजागर गरेको छ ।

नेस्ले इन्डियाको यस उत्पादनमा सीसा अर्थात लिड पाइएको छ । अहिले भारतमा उक्त चाउचाउ विरुद्ध कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

त्यहाँको सरकारले नेस्लेमाथि अनुचित र भ्रामक प्रचारको आरोप लगाएर भारु ६ सय ४० करोड रुपैयाँको क्षतिपूर्ति माग गरेको छ ।

म्यागीमा आवश्यक्ताभन्दा बढी सीसाले स्वास्थ्यमा गंभिर हानी पुर्‍याउँछ । खासगरी बालबालिकाको स्वास्थ्यमा यसको दुष्प्रभाव बढी रहनेछ । यसले मस्तिष्कमा पनि निकै खराब असर पुर्‍याउँछ ।

भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण -एफएसएसएआई)ले जुन, २०१५ मा निश्चित सीमाभन्दा बढी सीसा पाएको कारण लोकपि्रय नुडल्स ब्रान्ड म्यागीमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि कम्पनीले आफ्नो उत्पादन बजारबाट फिर्ता लानुपरेको थियो । यद्यपी म्यागीले भने मानकभन्दा बढी सिसा नभएको जिकिर गरेको थियो । त्यसबेला भारतभर म्यागी चाउचाउको विरोध गरिएको थियो । तर, विस्तारै विस्तारै नेस्लले अर्को पटक उपभोक्तामाथि आफ्नो विश्वास जित्दै गयो । अहिले भने कम्पनी स्वयम् स्विकार्न वाध्य भए कि, म्यागीमा आवश्यक्ताभन्दा बढी सिसा छ ।

म्यागीमा कति सिसा ?

म्यागीमा सिसाको मात्रा ० दशमलव ०१ देखि २ दशमलव ५ पीपीएमसम्म हुनुपर्छ । जबकी २०१५ मा म्यागीमा सिसाको मात्रा १७ दशलमव २ पीपीएम पाइएको थियो । यसपछि म्यागीको विक्रीमा प्रतिवन्ध लगाइएको थियो ।

के हुन्छ हानी ?

खाद्य सुरक्षाको नियम अनुसार यदि कुनै उत्पादनमा सिसा र मोनोसोडियम ग्लूटामेट -एमएसजी)को प्रयोग गरियो भने त्यसबारे स्पष्टसँग प्याकेटमा उल्लेख गरिएको हुनुपर्छ ।

यो रसायन शरीरका लागि एकदम घातक हुन्छ ।

यो रसायनले मुख, टाउको, गर्दनमा जलन हुन्छ । छालाको एलर्जी हुन्छ । हात-खुट्टाको कमजोरी हुन्छ । टाउको दुख्छ । पेट सम्बन्धी समस्या निम्त्याउँछ । मृगौलामा गंभिर असर गर्छ । बच्चाको विकासमा अवरोध पुर्याउँछ । अपचको समस्या हुन्छ । खासगरी बच्चा र गर्भवतीका लागि यो निकै घातक हुन्छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस