आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्व. महमुद आलम स्मृती क्रिकेट टुर्नामेंट २०७५ हरपुरको पहिलो खेलमा आयोजक क्लब हरपुरको विजयी

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ७४५ पाठक संख्या

AP डेस्क

जीतपुर, पौष २३ : स्वर्गीय महमुद आलम स्मृती क्रिकेट टुर्नामेंट २०७५ को पहिलो खेलमा घरेलु टिभ हरपुर ७ विकेटले जीत हात पारेको छ । जीतपुरसिमरा उपमहानगरपालिका २४ हरपुरमा सोमबारबाट शुरु भएको स्वर्गीय महमुद आलम स्मृती क्रिकेट टुर्नामेंट २०७५ को पहिलो खेलमा घरेलु टिभ हरपुरले खुट्वा जब्दिलाई ७ विकेटले पराजीत गरेको हो ।

सोमवार भएको पहिलो खेलमा खुट्वा जब्दिले टस जीतेर पहिले ब्याटिङ्ग रोजेको थियो । ब्याटिङ्गका लागि मैदानमा आएका खुट्वाले १० विकेट गुमाउदै एक सय २३ रन बनाउन सफल भएको थियो । सो लक्ष्य पछ्याउदै हरपुरले ३ विकेटको क्षतीमा जीत निकाल्न सफल भएको हो ।

खेलमा जीतका लागि शानदार प्रदर्शन गर्ने हरपुरका राजेश यादब म्यान अफ दि म्याच घोषित भएका थिए । उनले खुट्वाका विरुद्द ३४ बलमा ३६ रनको शानदार खेल प्रदर्शन गरेका दिए ।

सोमबारबाट शुरु भएको यस खेललाई महमुद आलम फाउंडेशनका अध्यक्ष तथा नेकपाका युवा नेता ई. मोबिन आलमले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ई. आलमले यहाँ निमार्ण हुन लागेको पार्कलाई थप ब्यवस्थित गर्न प्रधानमन्त्रि समक्ष प्रस्ताव राखेको र ३ वर्षिय योजनामा पार्ने आशवासन समेत प्रधानमन्त्रिले दिनुभएको जानकारी गराएका थिए ।

उनले खेललाई हालसम्मपनि मनोरञ्जनको रुपमा मात्र लिएको बताउदै अबको दिनमा यसलाई ब्यवसायीक रुप दिन समेत अनुरोध गरे । उनले यस क्षेत्रका खेलाडीको विकासका लागि आफु आगामी दिनमा समेत प्रयत्नरत रहने जानकारी दिए ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष इलियास देवानले आफुले सधै हरपुर क्रिकेटको विकासका लागि प्रयास गर्ने जानकारी दिए । उनले स्व. महमुद आलमको सपनालाई साकार पार्न यस्ता कार्य गरेको प्रति महमुद आलम फाउंडेशनलाई धन्यवाद समेत दिएका थिए ।

हरपुर क्रिकेट क्लबका अध्यक्ष इरफान अंसारीको सभाअध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा सोबराती अंसारी, भोला अंसारी, अंसारुल अंसारी, बिकास यादव, रामजीवन साह, लालबाबु अंसारी लगायतको सहभागिता रहेको थियो । भने कार्यक्रमलाई कलामुद्दीन अंसारीले सहजिकरण गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस