आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिभुवन विमानस्थल अवरुद्ध

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ६८३ पाठक संख्या

काठमाडौं , पौष २४ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको VHF प्रणालीमा समस्या आएपछि विमानस्थलको उडानमा समस्या भएको छ । बिहान ९ बजेर १५ मिनेट पछि VHF सेटमा खराबी आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार उक्त मेसिन मर्मतका लागि प्राविधिकहरु परिचालन भएपनि मर्मतकार्य सम्पन्न हुन सकेको छैन । मेसिनमा खराबी आएपछि हाल अन्तर्राष्ट्रिय अवतरणका सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस