आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृष्णका लागि जन्मिएकी रुपा !

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ४५१ पाठक संख्या

पौष २४ : दाङका कृष्ण ओली, पेशामा इलेक्ट्रिसियन । काममा रिस्क मोल्नुपर्ने पक्कै थियो । विद्युतिय सामाग्री चलाउनुपर्ने हुन्छ । ‘सधैँ होइन, एक दिन हुन्छ’ भन्ने सामान्य उखान छ ।

त्यस्तै भएको छ अहिले कृष्णलाई । सधैँ गर्ने काम उनले कहाँ सोच्न सक्थे र ! जीवनमा त्यो घटनाले यस्तो मोड लियो, करेन्ट लागेर उनले दुवै हात र एक खुट्टा गुमाउनु परेको छ । करिब आठ महिना अस्पतालमा बसेका उनलाई अझै पूर्ण रुपमा सञ्चो भएको छैन ।

विवाह गरेको एक वर्ष नबित्दै उनको जीवनमा बज्रपात प¥यो । पहिलो ‘एनिभर्सरी’ को दोस्रो दिन करेन्टले जीवनलाई अर्कै अध्यायमा पु¥याइदियो । हिस्टपुस्ट जीवन कृष्णको एक मिनेटमा सकियो । दुई हात रहेनन्, एक खुट्टा रहेन । तर उनलाई साथ दिने उनकी जीवन संगिनी रुपा मगरले भने हिम्मत कसिरहिन् ।

मन पराएर भागी विवाह गरेकी रुपाले कृष्णलाई कहिल्यै नछोड्ने बाचा गरेकी छन् । उनलाई आफन्तहरुले अब के गरेर खान्छौ श्रीमानको हालत गुज्रिसक्यो भनेर निकै प्रेसर गरे घर फर्काउने प्रयास गरे तर, आँटिली स्वभावकी रुपाले कृष्णसँग यो जीवनभरी साथ दिने प्रण गरिसकेकी छन् ।

कृष्णको उपचारमा हालसम्म ६० लाख बढी खर्च भइसकेको छ । विभिन्न देशबाट जुटेको सहयोग र ऋण काढेर जम्मा पारिएको रकम पहलो चरण सकिएको छ । भारतमा उपचार गराउँदा त्यहाँको अस्पतालले उनलाई निकै लुट्यो । न घाउ निको भयो, खाली यातना दिइरह्यो । जब उनी काठमाडौं उपचारका निम्ति आए, किर्तिपुर अस्पतालले उनलाई नयाँ जीवन दिएको छ । कृष्णले हिम्मत भने कहिल्यै हारेका थिएनन् ।

अझै उनलाई पूर्ण रुपमा निको हुन ५०–६० लाख खर्च लाग्ने भएको छ । विभिन्न निकायलाई उनी सहयोगको याचना गरिरहेका छन् । स्वःस्फूर्त रुपमा उनलाई सहयोग समेत आइरहेको छ ।

अहिलेको समयमा श्रीमान श्रीमतीबीच हुने विभिन्न खाले गलत बुझाईका कारण स्तब्ध समाजका निम्ति रुपा उदाहरणकी पात्र बनेकी छन् । कृष्णले यो युगमा रुपा पाएका छन् । आफ्नो नर्स बन्ने ईच्छालाई थाती राखेर उनी श्रीमानको हेरचाहमा तल्लिन छन् । पढ्नका निम्ति सहयोग गर्ने दाता भेटिँदा समेत श्रीमानको हालत देखेर केही समय फर्खेको उनले बताइन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस