आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

केटाले सर्ट खोल्दा केही नहुने, केटीले बाथटपममा नुहाउँदा नाङ्गिएको हुने ?: रेवती

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ४७६ पाठक संख्या

पौष २४ : चलचित्र ‘समर लभ’बाट नेपाली चलचित्रमा भित्रिन लागेकी नायिका हुन्, रेवती क्षेत्री । यो चलचित्रमा उनले गरेको अभिनय ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । यो चलचित्रको एक दृश्यमा नायिका रेवती क्षेत्री बाथटपमा नुहाउँदै गरेको दृश्य देख्न सकिन्छ । कतिपयले यसलाई न्यूड दृश्यको भाषा समेत दिएका छन् ।

नायिका क्षेत्रीले भने यो कुरामा आपत्ती जनाएकी छिन् । उनले पत्रकारसँग भनिन्–‘एउटा नायकले सर्ट खोलेर अभिनय गर्दा नांगिएको नहुने । तर, एउटा यूवतीले बाथटपपमा नुहाएको दृश्य खिच्दा नांगिएको हुने । किन, सर्ट खोलेर अभिनय गर्ने केटामाथि प्रश्न उठाइदैन । किन केटीलाई मात्र प्रश्न उठाइन्छ ?’

रेवती र चलचित्रका मुख्य नायक आशिष पियाको अन्तरंग दृश्य चलचित्रमा फिचरिङ गरिएको छ । उनले ‘न्यूडिटी’ भनेको के हो भनेर प्रश्न गरिन् ? चलचित्रका नायक आशिष पियाले चलचित्रमा बेडसिन दिन सुरुमा केही असजिलो लागेतापनि पछि आफूलाई सहज भएको बताए । निर्देशकले सिकाउँदै गएपछि आफूलाई पछि यस्तो दृश्य गर्न सहज भएको उनले सुनाए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस