आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सडकमै सुतेका ५० जनाको उद्धार, सारियो न्यानो कोठामा

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ३५२ पाठक संख्या

काठमाडौं  , पौष २४ :  काठमाडौंका विभिन्न सडकबाट सोमबार राति ५० जनाको उद्धार गरिएको छ ।

मानवसेवा आश्रम, काठमाडौं महानगरपालिका, नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषलगायतका संघसंस्थाको समन्वयमा राति ७ देखि १० बजेसम्म सञ्चालन गरिएको खोजी अभियानमा ५० जनाको उद्धार गरिएको हो । उद्धारका क्रममा कतिपय वास्तविक सहयोगापेक्षी फेला परेका थिए ।

कतियप मजदूरी गरेर सडकमा सुत्ने, लागुपदार्थ खाएर र मदिरा पिएर सडकमा बस्ने तथा सडकमा माग्ने पेसा गरेर बस्ने थिए ।उनीहरुलाई बूढानीलकण्ठस्थित आश्रममा राखिएको आश्रम प्रदेश नं ३ का संयोजक सुमन बर्तौलाले जानकारी दिनुभयो । उनीहरुमध्ये परिवारमा बस्न सक्नेलाई परिवारको जिम्मा लगाएर पठाइने तथा असहाय, असक्तलाई संरक्षण गरेर आश्रममा नै राखिने बताइएको छ ।

काठमाडौंको महाँकाल, सङ्कटा, भद्रकाली र नक्साल महादेव मन्दिर, पशुपति क्षेत्र, गौशाला, चाबहिल, बौद्ध, बानेश्वरलगायत क्षेत्रबाट उनीहरुको उद्धार गरिएको हो । उनीहरु सहित आश्रममा १३५ पुगेको जनाइएको छ ।

सडक सेवाअन्तर्गत सोमबार भएको खोजी तथा उद्धार अभियानमा आश्रमका प्रतिनिधि, कोषका सदस्य सचिव डा. प्रदीप ढकाल र प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुली, महानगरपालिका कानून शाखाका निर्देशक वसन्त आचार्य, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामा, श्रीकृष्ण प्रणामी युवा परिषद्का अध्यक्ष नमराज ढकाल, पूर्वसचिव सुरेशमान श्रेष्ठ, संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङ, कविर आश्रम बानेश्वरका प्रमुख आदर्श सायद र आश्रमका अभिभावक सुरेन्द्र रिमाललगायतको सहभागिता थियो ।

जनता समाचार

 

प्रतिक्रिया दिनुहोस