आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फर्किए जापानी विदेशमन्त्री कोनो

AuthorAP Khabar२०७५ पौष २६, बिहिबार (५ साल अघि) ३७६ पाठक संख्या

काठमाडौं , पौष २६ :  दुई दिनदेखि नेपाल भ्रमणमा रहनु भएका जापानका विदेशमन्त्री तारो कोनो शुक्रबार फर्कनु भएको छ । विदेशमन्त्री कोनो बिहान फ्रान्सतर्फ प्रस्थान गर्नुभएको हो ।

समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आउनुभएका मन्त्री कोनोले बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो ।

परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो । वार्तामा २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने सहमतिका साथै नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण तथा नेपाली श्रमिकलाई जापानमा रोजगारीमा पठाउन दुवै मुलुकबीच सहमति भएको थियो ।

मन्त्री कोनोलाई नेपालका लागि जापानका राजदूत मासामिची साइगो र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस