आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खेलकुद मन्त्रालयका राजनीतिक नियुक्तिप्रति दाहाल असन्तुष्ट

AuthorAP Khabar२०७५ पौष २६, बिहिबार (५ साल अघि) ४०८ पाठक संख्या

काठमाडौं , पौष २६ :   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

अध्यक्ष दाहालले खेलाडीहरुको अपेक्षा अनुसार ‘सही मानिस छनौट’ नगरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तिप्रति असन्तुष्टि जनाउनु भएको हो । अध्यक्ष दाहालले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

बिहीबार पाँचौं सगरमाथा अन्तराष्ट्रिय कराँते प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै उहाँले विद्यालय तहदेखि नै कराँते खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न लागिपर्ने आश्वासन पनि दिनु भयो । स्वस्थ नागरिक र सृजनात्मक मुलुकका लागि पनि आफूले खेलकुद क्षेत्रको विकासमा जोड दिँदै आएको अध्यक्ष दाहालको भनाइ छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले आफूले सरकारको नेतृत्व लिएको बेला खेलकुद क्षेत्रको विकासमा लागि परेको दावी पनि गर्नुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस