आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लक्की शेर्पाले राजीनामा दिने

AuthorAP Khabar२०७५ पौष २६, बिहिबार (५ साल अघि) ३५९ पाठक संख्या

काठमाडौं , पौष २६ :   अस्टे«लियाको लागि नेपालका राजदूत लक्की शेर्पाले अन्तत पदबाट राजीनामा दिनुहुने भएको छ । विभिन्न विवादमा पर्नु भएकी शेर्पाले राजीनामा दिने तयारी गर्नुभएको छ ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँकोटाले २ शेर्पाले २ दिनभित्र दिने बताउनु भएको छ । सञ्चार तथा सूचना प्रविधि विकासमन्त्री बाँस्कोटाले बिहिबार आयोजित पत्रकार सम्मेलनमा शेर्पाबारे प्रतिवेदन आइसकेको र राजीनामा दिने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

‘प्रतिवेदन र त्यसको निष्कर्ष आइसकेको छ’ सम्मेलनमा उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले त्यसलाई गम्भीर रुपमा लिनु भएको छ । संभवत शेर्पाले २ दिनभित्रै राजीना दिनु हुन्छ ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस