आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको सबगढ़ामा सहरी स्वास्थ्य केन्द्रको उद्घाटन

AuthorAP Khabar२०७५ पौष २६, बिहिबार (५ साल अघि) ३८५ पाठक संख्या

अखिलेश कुमार यादव
रौतहट, पौष २६
गौर नगरपालिका वार्ड न ६ का वडा अध्यक्ष शेख जम्सैद आफु भित्र लक्ष्य राख्नु भन्दा पहिला हिम्मत राख्नु जरुरी रहेको बताउनुभएको छ ।रौतहट गौर नगरपालिका वार्ड नम्बर ६ सबगढ़ामा बिहिवार सहरी स्वास्थ केन्द्रको उद्घाटन गर्दै नगर प्रवक्ता समेत रहनुभएका जम्सैदले गौर नगरपालिकाले शिक्षा र स्वस्थलाई प्राथमिकता दिएको भन्दै सर्व सुलभ रूपमा विस्वस्नीय र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रयासरत रहेको बताउनु भएको छ ।

उहाँले यस नगरपालिकामा शिक्षाको क्षेत्रमा पछाडी परेको वडा ६ रहेको बताउदै आगामी दिनमा यस वडालाई पुर्ण साक्षर बनाउने आफनो प्रयास रहने जानकारी गराउनुभएको थियो ।

वार्ड नम्बर ६ का वार्ड अध्यक्ष शेख जम्शेदको अध्यक्षतामा सम्पन्न उदघाटन सभामा सहायक प्रमुख जिल्ला अधिकारि धर्मानन्द जोशी, अनुसन्धानका अभिनव कुमार सिंह, नेपाल पत्रकार महासंघका अध्यक्ष रबिन्द्र कुमार साह, गौर नगरपालिकाका सबै वडाका वाड अध्यक्षहरुको सहभागिता रहेको थियो ।

यसै कार्यक्रमका बिचमा अस्पताल निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रममा गौरका जी स्टार र बाल मन्दिर बिद्यालयका बिद्यार्थीहरुले सांस्कृति प्रस्तुति समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस