आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रक्षामन्त्री पोखरेल र डेभिड्सनबीच अमेरिकी सेनाबारे छलफल

AuthorAP Khabar२०७५ पौष २७, शुक्रबार (५ साल अघि) ३०६ पाठक संख्या

काठमाडौं  ,  पुष २७ : अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले बिहिबारदेखि नेपाल भ्रमणमा हुनुहुन्छ ।  डेभिड्सनलेले शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सेना प्रमुख एडमिरल डेभिडसनले रक्षामन्त्री पोखरेलसँग बिहान रक्षा मन्त्रालयमा भेटवार्ता गर्नुभएको हो । डेभिडसन नेपालको २ दिने भ्रमणको बिहिबार काठमाडौ आएको हो । उपप्रधान तथा रक्षा मन्त्रीसँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्रभित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौति र त्यसमा अमेरिकाले खेल्न सक्ने भूमिकाबारे छलफल भएको छ ।

अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकास र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिनुभयो ।

भ्रमणमा रहेको सेना प्रमुखको टोलीले बिहिबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग भेट गरिसकेको छ । सेना प्रमुख एडमिरल डेभिडसनको टोलीले काभ्रे पाँचखालस्थित नेपाली सेनाको विरेन्द्र शान्तिकार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नेछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस