आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निर्मलाका बुवा यज्ञराजले रगत नदिनुको आयो रहस्य !

AuthorAP Khabar२०७५ पौष २९, आईतबार (५ साल अघि) ५२९ पाठक संख्या

काठमाडौं , पौष २९ :   कञ्चनपुरको भिमदत्त नगरपपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे पाँच महिना बितेको छ । हत्याराको अझै पहिचान हुन सकेको छैन ।

गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले समेत हत्याको प्रमाणसहित प्रतिवेदन पेश गर्न सकेन । हत्या आरोपमा विभिन्न मानिसलाई केरकार र सोधपुछ गरियो, उपलब्धि हासिल भएन । गएको बुधबारमात्रै हत्यारा पत्ता लगाउन सहजताका लागि निर्मलाकी आमा दुर्गादेवि पन्तले आफ्नो रगतको नमुना दिनुभएको छ । त्यसलाई निर्मलाको ‘भेजिलन स्वाब’सँग म्याच गराइने छ । रगत जाँचका लागि प्रहरी विधि विज्ञान प्रयोगशाला र नास्टमा पठाइएको छ ।

प्रहरी र कञ्चनपुरका मानवअधिकारकर्मीले दुर्गादेवीको मात्र नभइ बुवा यज्ञराज पन्तको समेत रगतको नमुना जाँच गर्नुपर्ने बताएका थिए । तर, यज्ञराजले आफूले रगत दिन अस्विकार गर्दै आउनु भएको छ । बुधबार दुर्गादेवीले रगत दिएपछि बिहिबार एका बिहानै घरमा गएर यज्ञराजले रगत किन दिएको भन्दै हप्काएका थिए ।

रहातको रकम लिने र अन्य छोरीहरुको भविष्य हेर्ने बताउँदै आउनु भएकी दुर्गादेवीलाई यज्ञराजले धम्क्याउँदै रकम नलिन बताएका छन् । जसले निर्मलाकी आमा एकातिर श्रीमानको डर त अर्को्तिर छोरीले न्याय नपाएको चिन्तामा पर्नुभएको छ ।यज्ञराजले रगत दिन नमानेपछि सबै सशंकित बनेका छन् ।

कञ्चनपुरका अधिकारकर्मी तथा स्थानीयबासीले यज्ञराजले रगत दिन नमान्नुको कारण के छ भन्दै छानबिन गर्न माग गरेका छन् । केही अमुख व्यक्तिसँग मिलेर यज्ञराजले अनुसन्धानलाई अझै लम्ब्याउन खोजेको स्थानीयको आशंका छ । एक स्थानीयका अनुसार यज्ञराज पछिल्लो समय फरक स्वभाव देखाउन थाल्नुभएको छ । यता, छोरीलाई न्याय दिलाई अपराधीलाई सजायको भागेदार बनाउन लाग्नुभएकी दुर्गादेवी पनि यज्ञराजको व्यवहारदेखि सशंकित बन्नुभएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस