आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जंगलमा हराइरहेका १६ किशोर–किशोरीको उद्धार

AuthorAP Khabar२०७५ पौष २९, आईतबार (५ साल अघि) ५१८ पाठक संख्या

काठमाडौं , पौष २९ :   जंगलमा हराइरहेका १६ किशोर–किशारीको प्रहरीले उद्वार गरेको छ । ललितपुरको गोदावरीमा रहेको जंगलमा हराइरहेका १६ जना किशोर किशोरीको महानगरीय प्रहरी परिसर ललितपुरले सकुशल उद्वार गरको हो ।

शनिबार जंगलमा घुम्न गएकाहरु हराएको सूचना प्रहरीले पाएपछि उनीहरुको खोजीका लागि त्यसतर्फ ७ वटा छुट्टाछुटै टोली खोजी तथा उद्धारको खटाइएको थियो ।

खोजी गर्दै जाँदा गोदावरी पूर्व फूल्चोकी जंगलबीच खोँचबाट साँझ साढे ६ बजेको समयमा अलपत्र परेका १२ किशोर तथा ४ किशोरीलाई फेला पारेको थियो । उनीहरुको शकुसल उद्वार गरेको प्रहरीले जानकारी दिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस