आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

औषधि गर्न हिडेका आमाछोरा जंगलमा मृत भेटिए

AuthorAP Khabar२०७५ पौष २९, आईतबार (५ साल अघि) ३९३ पाठक संख्या

रुकुम  , पौष २९ :   सिस्ने गाउँपालिकामा आमा छोरा मृत अवस्थामा फेला भेटिएका छन् । वडा नम्बर ६ का ३० वर्षीया रेनुका केसी शाह र उनको २० महिने छोरा एटियम जंगलमा मृत भेटिएका हुन् । उनीहरुको शव शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

रेनुका पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट हिडेकी थिइन । घरदेखि तीन किलोमिटर पर उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताउनुभयो । दाउरा खोज्न गएका बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आमाको पनि घाँटीमा डोरीको दाग रहेकोले डोरी चुँडिएको हुनसक्ने उहाँले बताउनुभयो । प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेको जस्तो देखिएको उहाँको अनुमान छ । तर यथार्थ शव परीक्षण र अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस