आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगञ्जमा दोस्रो विशाल समृति फुटबल प्रतियोगिता अन्र्तगत आईतवार भएको खेलमा हिमालयन शेर्पा विजयी

AuthorAP Khabar२०७५ पौष २९, आईतबार (५ साल अघि) ६२४ पाठक संख्या

AP संवादाता
विरगंज, पौष २९: वीरगञ्जमा दोस्रो विशाल समृति फुटबल प्रतियोगिता अन्र्तगत आईतवार भएको खेलमा हिमालयन शेर्पा विजयी भएको छ ।

वीरगञ्जको नारायणी रंगशालामा जारी प्रतियोगिता अन्र्तगत आज हिमालयन शेर्पाले, सशस्त्र प्रहरीको एपिएफलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । अधिकांश समय बललाई नियन्त्रणमा राख्न सफल हिमालयन शेर्पाले पहिलो हाफमा नै चार गोल गर्न सफल भएको थियो । दोस्रो हाफमा एपिएफले सान्त्वना गोल मात्रै फर्काउन सक्यो । हिमालयन शेर्पाका विश्वास श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिता माघ ५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस