आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौं क्याम्पसमा निशुल्क भर्ना

AuthorAP Khabar२०७५ पौष ३०, सोमबार (५ साल अघि) ४६३ पाठक संख्या

काठमाडौं , पौष ३० : देशभरका विद्यार्थीको शिक्षामा समान पहुँच हुनुपर्ने माग सम्बोधन गर्दै काठमाडौं क्याम्पस कालीमाटीले निशुल्क भर्ना अभियान सञ्चालन गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं क्याम्पसमा बिबिएस, बिए र एमबिएस कक्षा सञ्चालनमा छ ।

क्याम्पसमा निवार्चित स्ववियु कोषध्यक्ष नेत्र भण्डारीका अनुसार, अब क्याम्पसमा स्वत्रन्त्र विद्यार्थी युनियनका तर्फबाट निशुल्क भर्ना अभियान चलाइएको हो । सम्पूर्ण विद्यार्थीलाई निशुल्क शिक्षको हक व्यवस्था गरिएको भए पनि सरकार र विद्यार्थी संगठनले यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न नसकेका बेला स्ववियु काठमाडौं क्याम्पसले यस्तो निर्णय गरेको हो । स्ववियु सभापति सुशील गिरीका अनुसार, क्याम्पसमा विद्यार्थीलाई सेवाका निम्ति आवश्यक आधुनिक पुस्तकालय पनि छ ।

स्ववियु कोषाध्यक्ष नेत्र भण्डारीले भन्नुभयो, ‘सरकारले चाहे गैर नाफामूलक र सेवामूलक शिक्षालाई आत्मसात् गरी यस्ता अिभयान सफल बनाउन सक्छन् ।’.

जनता समाचार

प्रतिक्रिया दिनुहोस