आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्व. बैधनाथले पार्टिको लागि गरेको योग्दानलाई सबैले आत्मसाथ गर्नुपर्ने जील्ला समान्वय समितिका बाराका अध्यक्ष सिहंको भनाई

AuthorAP Khabar२०७५ पौष ३०, सोमबार (५ साल अघि) २९१ पाठक संख्या

AP संवादाता
कलैया, पौष ३० : जील्ला समान्वय समिति बाराका संयोजक एवम राजपा नेपाल बाराका अध्यक्ष समेत रहनुभएका नवलकिशोर सिहंले स्व. बैधनाथ साह कलवारले देखाएको ईमान्दारीतालाई सबैले अंगाल्नुपर्ने बताउनुभएको छ । बाराको गन्जभवानिपुर निवासी स्व. साहको श्रधान्जली सभामा बोल्दै उहाँले स्व.बैधनाथले राजपा नेपालको लागि गरेको योग्दान अविस्मरणीय रहेको बताउदै पार्टिमा उहाँको नाम अमर भएको र उहाँले देखाएको बाटोलाई सबैले आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

स्व. बैधनाथ राजपा नेपाल बाराका युवा नेता रामबाबु साहको काका रहनुभएको हो । साहको ८१ बर्षको उमेरमा कालगतिले निधन भएको थियो ।

श्रधान्जली सभा एवम १३ औँ दिनको पुणय तिथीमा त्यहाँ उपस्थित सबैले उनको तस्वीरमा फुलमाला लगाएर श्रधान्जली अर्पाण गरेका थिए । सो श्रधान्जजलि कार्यक्रममा राजपा नेपालका केन्द्रिय सदस्य श्याम गुप्ता, बारा प्रबक्ता अरुण सिंह, नगर अध्यक्ष शम्भु गुप्ता, युवा नेता त्रृभुवन दास लागाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस