आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘भूकम्प पीडितको सुरक्षामा दृढ संकल्पित छौं’

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) ४०१ पाठक संख्या

काठमाडौं , माघ २ : गृहमन्त्री रामबहादुर थापा बादलले भूकम्प पीडितको पुनःस्थापना र जीवनरक्षाको सवालमा सरकार दृढ संकल्पित रहेको बताउनुभएको छ ।

२१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा बोल्दै गृहमन्त्री बादलले भूकम्पबाट नागरिकको जीवनरक्षाका लागि आफू सदैव प्रतिबद्ध भएको बताउनुभयो । उहाँले भूकम्पबाट पीडितलाई सहयोग गर्नु संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी भएको भन्दै नागरिकको जीवनरक्षाका लागि सबै क्षेत्रले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा गृहमन्त्री थापा, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले भूकम्प स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस