आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरीको कुटाइपछि आईसीयूमा

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) ४१९ पाठक संख्या

गल्कोट , माघ २ :   प्रहरीको कुटाइबाट घाइते भएका एक व्यक्तिलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । बागलुङ गल्कोट नगरपालिका–६ का ४० वर्षीय सोमबहादुर बस्नेत प्रहरीको कुटाइबाट घाइते भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको हो ।

सोमबार राति प्रहरी जवानद्वय प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गम्भीर घाइते हुनुभएका बस्‍नेतको स्थानीय अस्पतालमा उपचार असम्भव देखिपछि पोखरा लगिएको छ।

पोखराको फेवासिटी अस्पतालको र्आइसीयूमा उहाँको उपचार भइरहेको छ । बस्‍नेतको पिसाब नली फुटेको छ। कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उहाँको अपरेसन गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस