आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आगलागीमा तीन पसल जले

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) ३९३ पाठक संख्या

डोटी  , माघ २ :  दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा मंगलबार राति भएको आगलागीमा तीन पसल जलेर नष्ट भएका छन् ।

राति करिब १ बजेको समयमा आगो लागेको अनुमान गरिएको छ । आगलागीबाट नाचन्थली मोडमा रहेको बहादुर बोहराको कपडा तथा सिलाइकटाइको पसल, रन्जन नेपालीको मोबाइल ग्यालरी र दीर्घ विकको सैलुन पसल जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लालसिं धामीले जानकारी दिनुभयो ।

मध्यरातमा आगलागी हुनुको कारण खुलेको छैन । आफ्नो पसल बेलुका राम्रोसँग बन्द गरी गएकोमा राति एक्कासी कसरी आगलागी भयो भन्ने बारे आफू अनभिज्ञ रहेको मोबाइल पसलका सञ्चालक रन्जन नेपालीले बताउनुभयो ।

आगलागी भएपछि दिपायल सिलगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । क्षतिको पूर्ण विवरण लगत तयार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।

जनता समाचार

 

प्रतिक्रिया दिनुहोस