आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ब्रेक्जिट डिलमा बेलायती प्रधानमन्त्रीको हार

AuthorAP Khabar२०७५ माघ २, बुधबार (५ साल अघि) २९७ पाठक संख्या

काठमाडौं , माघ २ :  बेलायती प्रधानमन्त्री टरिजा मेले युरोपेली संघ  (ईयू) बाट ब्रिटेन बाहिरिन गरेको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्तावको पक्षमा २ सय २ मत परेको छ भने विपक्षमा ४ सय ३२ मत परेको छ ।

संसदले प्रधानमन्त्री टरिजा मे सरकारको ब्रेक्जिट सहमतिलाई धेरै मतले पराजित गर्दै ब्रिटेन युरोपेली संघ (ईयू) बाट अलग हुने योजनाका आवश्यक प्रक्रियाहरूलाई अनिश्चित तुल्याइदिएको हो ।

ईयूसँग मेले गरेको ब्रेक्जिट सहमतिका कयौँ विषयमाथि सांसदहरूले असहमति जनाएपछि संसदमा मे सरकारको प्रस्ताव २ सय ३० मतले पराजित भएको छ । यो बहालवाला सरकारको अहिलेसम्मकै ठूलो हार मानिएको छ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस